सम्पादक श्रेष्ठलाई सम्मान गरिँदै ।

हेटौंडाः समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ सम्मानित हुनुभएको छ । शनिबारबाट हेटौंडामा सुरु निर्माण व्यवसायी संघ मकवानपुरको २३ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनमा सम्पादक श्रेष्ठलाई सम्मान गरिएको हो ।

सम्पादक श्रेष्ठसँगै गोरखापत्रका संवाददाता राममणि दाहाल र कान्तिपुर राष्ट्रिय दैनिकका संवाददाता सुवास बिडारीलाई सम्मान गरेको छ । तीनै जनालाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमा क्रियाशील भएर सामाजिक लगायत विषयहरुको उठान गरी आर्थिक, सामाजिक तथा निर्माण व्यवसायी क्षेत्रमा सहयोग पु¥याएको भन्दै सम्मान गरिएको हो ।