हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा आज शुक्रबार रक्तदान कार्यक्रम भएको छ । आयोगको ३२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
यस्तै, माघ २१ गते मानव धर्म सेवा समितिको आयोजनामा बृहत सन्त समागम तथा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम रक्त संचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको हो ।