हेटौंडाः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा आगामी फागुन २ गतेदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । सोमबार गाउँपालिकाले सूचनामार्फत् गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगितामा सहभागी हुनका लागि सबै विद्यालयलाई सूचित गरेको हो ।
छनोट प्रतियोगिता राक्सिराङ गाउँपालिकाको आयोजना तथा सूर्योदय माविको समन्वयमा हुने राक्सिराङ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगिताका संयोजक सदस्य सीताराम सुवेदीले जानकारी दिनुभयो । छनोट प्रतियोगिता फागुन ३ गतेसम्म सूर्योदय माविको चौरमा सञ्चालन हुनेछ ।
छनोट प्रतियोगितामा एटलेटिक्सअन्तर्गत् दौड, लङजम्प, हाइजम्प, त्रिपलजम्प, सटपुट थ्रो, ज्याभ्लिन थ्रो हुनेछ ।
छनोट प्रतियोगितामा भलिबल, तेक्वान्दो, कबड्डी र कराँतेका खेलहरु पनि हुनेछ । पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगितामा छनोट भएका खेलाडीहरुले आगामी फागुन ६ र ७ गते हुने जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड छनोट प्रतियोगितामा सहभागी हुनेछन् ।