हेटौंडाः सिन्धुली जिल्लाको मरिण गाउँपालिका-४ मा एक जना सुत्केरीको मृत्यु भएको छ । २९ वर्षीया सीता तामाङको जिल्ला अस्पताल सिन्धुलीमा मंगलबार बिहान २ बजेको समयमा नर्मल डेलिभरी भएकोमा अत्याधिक रक्तश्राव भई बिहान ५ बजे मृत्यु भएको हो ।
मृतक सीताको शव परिवारले बुझेको छ भने शिशु(बालिका)को अवस्था सामान्य रहेको छ । शिशुलाई स्थानीय तहले सहयोग गर्ने सहमति भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।