हेटौंडाः हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र संघीय सरकारका शिक्षा मन्त्री शिशिर खनालबीच बुधबार काठमाडौंमा भेटवार्ता भएको छ । नेपाल नगरपालिका संघ र संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच परियोजना सम्झौतासम्बन्धी कार्यक्रममा सहभागी हुनुभएकी नगरप्रमुख लामा र शिक्षामन्त्री खनालबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा नगर प्रमुख लामाले हेटौंडा उपमहानगरपालिकाले भुटनदेवी माविमा सिभिल इन्जिनियरिङ विषयको स्नातक तहको कार्यक्रम सञ्चालन गर्न लागेको र त्यसका लागि नीतिगत सुधारको कार्यमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । कुराकानीका क्रममा मन्त्री खनालले नीतिगत सुधार गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको र इन्जिनियरिङ कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको मन्त्रालयका भगवान अर्यालले जानकारी दिनुभयो ।