हेटौंडाः सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक आज र भोलि हेटौंडामा हुँदैछ । आसन्न महाधिवेशनको तयारी लक्षित बठैकलाई नेकपा एमालेको पोलिटव्युरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत, नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली र महासचिव शंकर पोखरेलले प्रशिक्षाणात्मक निर्देशन दिनुहुने बुझिएको छ ।
आगामी चैत २५ गतेदेखि नेपालगन्जमा युवा संघको महाधिवेशनको मिति तय गरिएको छ । यसअघि युवा संघले जिल्ला अधिवेशन आगामी फागुनसम्म सम्पन्न गर्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको युवा संघको केन्द्रीय कमिटी सदस्य एवम् बागमती प्रदेश सहइन्चार्ज आरती पाठकले जानकारी दिनुभएको छ । आज र भोलि हेटौंडामा हुने युवा संघको केन्द्रीय कमिटी बैठकमा ५ सयभन्दा बढी युवाको सहभागिता रहनेछ ।