हेटौंडाः वरिष्ठ कलासाधक भीम विरागको ८९ औं जन्मजयन्तीको अवसरमा बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०७९ डा. किरण प्रधानलाई प्रदान गरिएको छ । आइतबार एक समारोहबीच भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले डा. प्रधानलाई एक लाख राशिको पुरस्कार प्रदान गरिएको हो ।
२०१० सालमा जन्माउनु भएका डा. प्रधानले पहिलोपटक २०२७ सालमा रेडियो नेपालबाट आफ्न गायन यात्रा सुरु गर्नुभएको थियो । चलचित्र निर्माण, पट्कथा अभिनय तथा निर्देशन गर्नुभएका डा. प्रधानले कस्तुरी, रेखा, सम्झना र राँको जस्ता फिल्ममा गीत गाउनुभएको छ । उहाँले अमेरिका, जापान, बेलायत देशमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।
कार्यक्रममा सुनिता बुर्लाकोटी लगायतले आफ्ना गीत गाउनुभयो । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौंडालाई कला र साहित्य क्षेत्रमा अब्बल बनाउन तयारी गरिरहेको बताउनुभयो । उहाँले उपमहानगरलाई अब्बल राजधानी बनाउन सक्ने दावी गर्नुभयो । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यको सभाध्यक्ष तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।