हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर हुने भएको छ । शिविर आउँदो माघ २७ गते मकवानपुरगढी गाउँपालिका, रोटरी क्लब अफ हेटौंडा, रोट्रयाक्ट अफ हेटौंडा र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा मकवानपुरगढी–६ स्थित जाल्पादेवी माविमा हुनेछ ।
शिविरमा सामान्य बिरामीहरुलाई आवश्यकता अनुसार परामर्श, उपचार र निःशुल्क औषधी समेत वितरण हुनेछ । शिविरमा मोतिविन्दुका रोगी पहिचान भए उनीहरुलाई हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालसम्म ल्याएर उपचार गरी घरसम्म फिर्ता पुर्याउने व्यवस्था समेत मिलाइएको छ । अस्पतालसम्म ल्याउने, उपचार गर्ने र घर फर्काउने क्रममा विरामीले कुनै खर्च गर्नुपर्दैन ।