नेपाललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख शर्मा ।

हेटौंडाः बागमती प्रदेश सरकारको मुख्यन्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा नेपाललाई नियुक्त गर्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका १४ निवासी ज्ञानेन्द्र नेपाललाई बिहीबार प्रदेश प्रमुख शर्माले नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको छ । उहाँ ललितपुर बारका पूर्व सचिव समेत हुनु हुन्छ। उहाँले अपराधिक कानुनमा एलएलएम गर्नुभएको छ ।