हेटौंडाः मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको अध्यक्षमा पुन रामहरि न्यौपाने निर्वाचित हुनुभएको छ । बिहीबार हेटौंडामा सम्पन्न भएको सहकारीको नवौं वार्षिक साधारणसभाले न्यौपानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
साधारणसभाबाट सहकारीको उपाध्यक्षमा शर्मिला डंगोल, सचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा पुरुषोत्तम कार्कीलाई चयन हुनुभएको छ । संघको सदस्यमा मोतिलाल लामा, फणेन्द्र तिमल्सिना, शुक्रदेवी बल, सिंह बहादुर बिक, भिमसेन पौडेल, भोगेन्द्र लुइटेल र शिव कुमार खत्रि चयन हुनुभएको छ । यस्तै लेखा समिति संयोजकमा रामेश्वर अर्याल, सदस्यमा रमिला सापकोटा र जानुका दाहाल चयन हुनुभएको छ ।
सहकारीले सहयोगी संस्थाको रुपमा शिवम सिमेन्ट, एन्टार्टिक बिस्कुट प्रालि, नारायणी बहुउद्देश्यीय सहकारी संस्था, युनिक सोप एण्ड केमिकल प्रालि, प्रकाश ढकाल एण्ड एसोसिएटका प्रकाश ढकाल, बाबा बैद्यनाथका सुदर्शन खरेल, ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको छ । यस्तै पत्रकार गणेश दर्पण अधिकारी, कर्मचारी महेश अधिकारी, विजय श्रेष्ठ, मदन कुमार न्यौपाने, रमा भुजु, श्रीकान्त न्यौपाने, दुर्गा प्रधानलाई पनि सम्मान गरेको छ ।











