जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित हुनुहुँदा ललित बहादुर घलानलाई बधाई दिँदै समर्थकहरु । फाइल तस्वीर ।

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) बागमती प्रदेश समितिको अध्यक्षमा मकवानपुरका ललित बहादुर घलान निर्वाचित हुनुभएको छ । शुक्रबार र शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न अधिवेशनबाट जिसस मकवानपुरका प्रमुख घलान सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

१५ सदस्यीय समितिको सचिवमा जिसस मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेल सचिवमा निर्वाचित हुनुभएको छ भने उपसचिवमा जिसस मकवानपुरकी सदस्य तारा ढुंगाना चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा भक्तपुरकी नानु कार्की निर्वाचित हुनुभएको छ ।