हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ निवासी मोहन थापाले हेटौंडा–७ मा रहेको नवज्योति माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका विद्यार्थीलाई नगद २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सोमबार थापाले विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र दाहाल र स्कुल व्यवस्थापन समितीका अध्यक्ष कृष्ण थापालाई नगद २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
नवज्योति माविमा हाल २० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् । मोहन थापाले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई नगदसँगै खाजा सामग्री सहयोग गर्नुभएको छ । चाउचाउ र चकलेट लगायतको सामग्री सहयोग गर्नुभएको छ । विद्यार्थीलाई यस्तो सहयोगले पठन पाठनमा सहयोग हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले बताउनुभयो ।