हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले स्थापना दिवसको अवसर पारेर संस्थापक सदस्य सहकारीलाई सम्मान गरेको छ । संघको १८ औं स्थापना दिवसको अवसरमा सोमबार संस्थापक प्रारम्भिक सहकारी संघलाई सम्मान गरेको हो ।
सम्मानित संस्थाका प्रतिनिधिलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । २०६२ साल पुस १८ गते १२ वटा महिला सहकारीको सक्रियता बचत संघको स्थापना गरिएको भएको थियो । संघमा हाल १ सय ३९ वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध छन् ।
सम्मानित हुनेमा हेटौंडा–१२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हेटौंडा–१५ स्थित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेड र महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । मकवानपुरगढी गाउँपालिका–२ स्थित महिला समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मकवानपुरगढी–५ स्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको छ ।
यस्तै भीमफेदी गाउँपालिका–२ स्थित महिला एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भीमफेदी–४ स्थित महिला अभियान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भीमफेदी–६ स्थित महिला जागृति बचत तथा ऋण सहकारी संस्था, ईन्द्रसरोवर गाउँपालिका–१ स्थित सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ईन्द्रसरोवर–२ स्थित महिला समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र थाहा नगरपालिका–११ स्थित महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा, बागमती प्रदेश सहकारी संघ लिमिटेडकी संचालक मेनुका दहालको पनि उपस्थिति रहेको थियो ।