हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजनामा बैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुका लागि पुनः एकीकरण कार्यक्रमको लागि सरोेकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आज शुक्रबार हेटौंडामा भएको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई आवश्यक योजना तथा कार्यक्रमको विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका भित्रका १९ वटै वडाका ३५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिनाले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा सहभागीहरुले सहज रुपमा ऋण पाउने व्यवस्था, व्यवसाय संचालनको लागि सहज वातावरण र सीपको आवश्यक रहेको औल्याएका छन् ।