हेटौंडाः राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बागमती प्रदेश सभा अपाङ्गमैत्री बनाउन गर्दै मंगलबार प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराएको छ । महासंघले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित ह्विलचियर प्रयोगकर्तालाई प्रदेश सभामा सहज वातावरण सिर्जना गर्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ प्रदेश सभा सदस्यमा ह्विलचियर प्रयोगकर्ता(स्पाईनल कर्ड ईन्जुरी) निर्वाचित भएकोले प्रदेश सभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापुर्वक संसद सचिवालयसम्म आवतजावत गरी कार्य सम्पादन गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराईएको हो । ह्विलचियर प्रयोगकर्ता लक्ष्मी घिमिरेलाई संसद सचिवालयसम्म सहज वातावरण सिर्जना गर्न बागमती प्रदेश सभाको सचिवालय सचिव कृष्णहरि खड्काको ध्यानाकर्षण गराईएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले प्रदेश सचिवालय सचिव कृष्णहरि खड्कालाई ज्ञापन पत्र बुझाउनुभएको हो । ध्यानाकर्षणपत्र बुझ्नुहुँदै सचिव खड्काले संसद सचिवालय अपाङ्गमैत्री बनाउने प्रयास भइरहेको बताउनुभयो । यदि नभएका संरचनालाई पुर्ननिर्माण गरी अपाङ्गमैत्री बनाउने प्रतिबद्घता जनाउनुभयो ।