हेटौंडाः राक्सीराङ गाउँपालिका वडा नम्बर ३ पलासेमा आइतबार राति १० बजेको समयमा आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएर एक जना महिला घाइते भएकी छिन् । राजेन्द्र थिङकीे ३० वर्षीया श्रीमति रिना ब्लोनले घरायसी विवादको कारण आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् ।
आगोको कारण शरीरको विभिन्न भाग जलेर घाईते भएकी रिनालाई उपचारको लागि श्रीमान राजेन्द्रले नयाँ मेडिकल कलेज भरतपुर लगेका थिए । रिनालाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । आगोले जलेर गम्भिर घाइते भएकी रिनालाई उपचारको लागि काठमाडौंको किर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











