गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ ज्यामिरेमा महिलाको शव फेला परेको छ । सोही स्थान बस्ने बिर बहादुर वाईबाकी श्रीमती अन्दाजी ३५ वर्षीया सरस्वती वाईबाको शव शनिबार साँझ साढे ७ बजेको समयमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

श्रीमान बिर बहादुर वाईबाले शुक्रबार श्रीमति हराएको भनि फोटोसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । श्रीमान बिर बहादुरले खोजी गर्दै जाने क्रममा ठुलोकान्छा वाईबाको घरबाट ५० मिटर पर बारीमा अनुहार र कपडाको केही भाग मात्र देखिने गरि खाल्डोमा पुरिएको अवस्थामा श्रीमतिको शव भेटेका थिए । प्रहरी चौकी सिस्नेरीमा खबर गरे पश्चात् प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।