“पसिनाको आभा” पुस्तकको कभर ।

हेटौडाः मुक्तक मञ्च मकवानपुरका अध्यक्ष तथा साहित्य संगम मकवानपुरका सचिव डीबी बर्तौलाको (दोस्रो मुक्तक सङ्ग्रह ) “पसिनाको आभा” पोखरामा परिचर्चा हुने भएको छ । शनिबार एक कार्यक्रमबीच पोखरामा मुक्तककार विष्णुप्रसाद पौडेलको मुक्तक सङ्ग्रह ‘फेवाका तरङ्गहरु’ लोकार्पणसँगै डीबीको “पसिनाको आभा”को परिचर्चा हुने भएको हो ।

डीबीको दोस्रो मुक्तक सङग्रह “पसिनाको आभा”मा १२६ वटा मुक्तकहरु रहेका छन् । २०७८ सालमा प्रकाशित “पसिनाको आभा”डीबीको दोस्रो मुक्तक सङ्ग्रह हो । यस अघि डीबीले २०७५ सालमा ‘आगतको आँगनी’ पहिलो मुक्तक सङ्ग्रह प्रकाशित गर्नुभएको थियो ।

हेटौँडा-९, लामसुरे निवासी डीबीले २०४४ सालदेखि नेपाली साहित्यिक लेखनमा क्रियाशील हुनु भएको छ । डीबी गजल, मुक्तक, हाइकु, कविता, गीत, निबन्ध लेखनमा समेत सक्रिय हुनुहुन्छ । डीबी अमर माध्यमिक विद्यालयका सहायक प्रद्यानाध्यापक समेत रहनुभएको छ ।