हेटौंडाः आइतबार हेटौंडाको एक होटलमा मकवानपुरका २ जना पत्रकारमाथि आक्रमण भएको थियो । पत्रकारमाथि भएको भौतिक आक्रमणको विषयमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको ध्यानाकर्षण भएको छ । समाचार लेखेको विषय लिएर पत्रकारहरु राम कुमार एलन र रमेश बन्जारामाथि आक्रमण भएको हो ।

समाचारको विषयमा चित्त नबुझे खण्डन गर्ने र कानूनी उपचारको बाटो खोज्ने उपाय हुँदाहुँदै समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमण हुनु अत्यन्तै निन्दनीय भएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

उक्त घटनामा छुट्याउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरलाई समेत दुर्व्यवहार भएकोले पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहार घटनाको घोर भत्सना गर्दै दोषीलाई कडाभन्दा कडा कारबाहीको लागि नेपाल पत्रकार महासंघ मकवानपुरले माग गरेको छ ।