हेटौंडाः हेटौंडा–४ स्थित परिक्रमा बचत तथा श्रण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार भएको सभामा संस्थाको ज्येष्ठ सेयर सदस्यदेखि कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यहरुका छोराछोरीलाई सम्मान गरिएको छ ।
संस्थाका ज्येष्ठ सेयर सदस्यतर्फ सुदर्शन प्रसाद वाग्ले, महिलातर्फ उर्मिला कुमारी कोईरालालाई दोसल्लासहित सम्मान गरिएको छ । उत्कृष्ट बचतकर्तातर्फ विजय कृष्णबावु, बालकृष्ण घिमिरे र संस्थागत सेयर सदस्यतर्फ श्रीकृष्ण प्रणामी मन्दिरलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट ऋणीतर्फ कमलादेवी बोलखेलाई सम्मान गरिएको छ ।
परिक्रमा शैक्षिक सम्मान–२०७९ बाट संस्थागत विद्यालयतर्फ कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने आलिशा थापा, स्मारिका न्यौपाने, सामुदायिक विद्यालयतर्फ इनम न्यौपाने, सुस्मा पौडेललाई नगदसहित सम्मान गरिएको छ । संस्थाको सेयर सदस्य ४ सय ३० जना रहेका छन् । परिक्रमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अर्जुन वाग्लेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।