हेटौंडा एकेडेमीको क्रिकेट टिम ।

हेटौंडाः निरज श्रेष्ठ स्मृति जिल्लास्तरीय अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आइतबार भएको दोस्रो खेलमा हेटौंडा एकेडेमी विजयी भएको छ । हुप्रचौरमा भएको खेलमा हेटौंडा एकेडेमीले सिद्धार्थ शिशु सदनलाई ३ विकेटले पराजित गरेको हो ।

हेटौंडा एकेडेमीले टस जितेर सिद्धार्थ शिशु सदनलाई व्याटिङको निम्तो दिएको थियो । सिद्धार्थ शिशु सदनले १५ ओभरमा अल आउट हुँदै १ सय ४५ रन बनाएको थियो । सिद्धार्थका लागि अर्जुन चौधरीले २९ रन, अनिश महतो र अभिषेक कठायतले समान २६ रन बनाए ।

१४६ रनको लक्ष्य पछाउँदै व्याटिङ थालेको हेटौंडा एकेडेमीले १७ ओभर २ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । हेटौंडा एकेडेमीका लागि आदित्य यादवले ४२ रन, ज्योतिष कुमार साहले ३४ रन र लालबाबु अलीले २३ रन बनाए । म्यान अफ द म्याच हेटौंडा एकेडेमीका आदित्य यादव घोषित भए ।

यसअघि आइतबार नै भएको पहिलो खेलमा तुलसीमेहर मेमोरियल स्कूलले ज्ञानोदय बालबाटिकालाई ६ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा मकवानपुरका १२ वटा विद्यालयको क्रिकेट टिम सहभागी छन् । सहभागीलाई ४ वटा समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइएको छ । मकवानपुर जिल्ला क्रिकेट संघले पूर्व कप्तान निरज श्रेष्ठको स्मृतिमा प्रतियोगिताको आयोजना गरेको हो ।