हेटौैंडाः काठमाडौंमा आयोजना भएको बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर च्याम्पियन बनेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर विजेता बनेको मकवानपुर क्रिकेट संघका कार्यवाहक सचिव बिनोेद कुमार बानियाँले जानरकारी दिनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो । यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो । मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित हुनुभएको छ । शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले ५ विकेट लिए बापत १३ हजार नगद प्रदान गर्नुभयो ।