हेटौंडाः नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला समिति मकवानपुरको अध्यक्षमा राजन प्रसाद अधिकारी पुनः निर्वाचित हुनुभएको छ । शुक्रबार भूटनदेवी माध्यमिक विद्यालयमा भएको जिल्ला परिषद् भेला तथा प्रथम जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा लक्ष्मी न्यौपाने र नवीनराज दाहाल, सचिवमा सज्जन रिमाल, कोषाध्यक्षमा आर्शिया पाठक चयन हुनुभएको छ । यस्तै सदस्यमा तुलसीमाया तामाङ, नारायण मैनाली, बासुदेव न्यौपाने, सन्तोष बन्जारा, रुषा बर्तौला, शंकर न्यौपाने र पुरुषोत्तम ढकाल चयन हुनुभएको छ । ३ जना सदस्य जिल्ला समितिले चयन गर्नेछ ।
नेपाल विद्यालय कर्मचारी परिषद् मकवानपुरका अध्यक्ष राजनप्रसाद अधिकारीको सभाध्यक्षता तथा परिषद्का केन्द्रिय सदस्य बालकृष्ण दाहालको प्रमुख आतिथ्यमा अधिवेशन भएको हो । कार्यक्रममा परिषद्का बागमती प्रदेश समिति अध्यक्ष रामशरण फूयाँल, सचिव कृष्ण मानन्धर, शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको आतिथ्य रहेको थियो ।
कर्मचारीको हकहितका लागि अन्दोलनले उजागर गर्ने भएकाले सबैलाई ऐक्यबद्धता हुन आग्रह गरिएको छ । पेशागत स्थायित्वका लागि कर्मचारी एकताको अवधारणामा परिषद्को गठन गरिएको बताइएको छ । विद्यालयका कर्मचारीहरु पेशागत स्थायित्व र हकहितका लागि आन्दोलनरत छन् । सरकारले विद्यालयमा कर्मचारीको दरबन्दी सिर्जना नगरी अस्थायी ढंगले काममा मात्रै लगाइरहेको उनीहरुको आरोप छ ।