हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा भेट्रान्स कप फुटबल प्रतियोगिता सुरु भएको छ । बागमती ७ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिताको काँग्रेस सहमहामन्त्री डिना उपाध्यायले उद्घाटन गर्नुभयो ।
बुधबार भएको उद्घाटन खेलमा आयोजक ७ नम्बर टिमले ८ नम्बर वडालाई ११–१ को फराकिलो गोल अन्तरले पराजित गरेको बागमती–७ का वडाध्यक्ष उत्तर लामा भोलनले जानकारी दिनुभयो । प्रतियोगितामा पालिकाभित्रका ९ टिमको सहभागिता रहेको उहाँले बताउनुभयो । नक आउट चरणमा सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बागमती–७ नम्बर खेलकुद विकास समितिका अध्यक्ष इन्द्र बहादुर गोलेको सभाध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा काङ्ग्रेस काँग्रेस सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणिन्द्र तिमल्सिना, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य खड्क बहादुर पुलामी लगायत वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।











