हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस पछाडि आइतबार साँझ साढे ७ बजे एकजना मानिस मृत फेला परेका छन् ।
अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भरतपुर पठाइएको बागमती प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ ।