हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ३५ जना थुनुवाले हिरासतमा दशैं मनाउने भएका छन् । हिरासतमा लागुऔषध मुद्दाका अभियुक्त धेरै छन् । यस्तै जवरजस्तीकरणी मुद्दाका थुनुवा पनि रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार शनिबार सार्वजनिक बिदा परेको र आइतबारदेखि दशैंको विदा सुरु भएकोले थुनुवाहरु हिरासतमै दशैं मनाउन बाध्य भएका हुन् ।