हेटौंडाः वडा दसैंको अवसरमा चर्चित पप गायक दीपक बज्राचार्यले हेटौंडामा गीत गाउने भएको छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा हेटौंडामा हुने टुबोर्ग प्रिमियम नाईटमा बज्राचार्यले आफ्नो टिम रिदम व्याण्डको प्रस्तुती रहने छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा होटल एसोसिएसन मकवानपुरका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु गोपाल महर्जनले जानकारी दिनुभएको हो । कार्यक्रममा स्थानीय कलाकारको पनि प्रस्तुती रहने उहाँले बताउनुभयो । कार्यक्रम असोज ११ गते हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा आयोजना हुनेछ । कार्यक्रममा ४०० जना सहभागी हुने आयोजकले जनाएको छ ।
२०६३ सालदेखि आयोजना हुँदै आएको दसैं विशेष कार्यक्रम पछिल्लो २ वर्ष भने कोभिड–१९ महामारीका कारण हुन सकेको थिएन । पत्रकार सम्मेलनमा होटल एसोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी, निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।