हेटौंडाः हेटौंडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भएको छ । सहकारीका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा साधारण सभाको उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा २ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जनको पनि आतिथ्य रहेको थियो । एक हजार दुई सय ३२ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी एक करोड ७१ लाख रुपैयाँ रहेको छ । सहकारीले छ करोड ९७ लाख रुपैयाँ बचत संकलन गरेको सहकारीले छ करोड ६० लाख रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले असल बचतकर्ता र ऋणीलाई सम्मान गरिएको थियो ।