हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ स्थित राक्सिराङ आधारभूत अस्पतालका अधिकृत सुवास बराललाई मंगलबार बिदाई गरिएको छ । बराल उच्च शिक्षा अध्ययनका लागि इजिप्ट जान लागेकाले बिदाई गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक विजयकुमार काप्रीले जानकारी दिनुभयो ।
बरालले करिब ६ महिना मेडिकल अधिकृतको रुपमा जिम्मेवारी सम्हालेर सेवा दिनुुभएको थियो । बराल उच्च शिक्षा हासिल गर्ने क्रममा ३ वर्ष इजिप्टमा रहनुहुनेछ । बराललाई बिदाई गरेसँगै मेडिकल अधिकृतको कोटा खाली भएको र केही दिनमै गाउँपालिकाले विज्ञापन गरेर व्यवस्था गरिने काप्रीले बताउनुभयो । बराललाई गाउँपालिकाले ५० हजार रुपैयाँ तलब दिएर राखेको थियो ।