भृगु कार्की ।

हेटौंडाः राप्रपा नेपालको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन हुनुभएको छ । मंगलबार भएको भेलाले कार्कीको अध्यक्षतामा युवक संगठनको ४१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेकोे हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा रोम सापकोटा, उपाध्यक्ष तुलसी नेपाल, आरती पाठक कार्की, भगवान बर्ताैला, प्रदीप बिक, सचिवमा राजकुमार पौडेल चयन भएका छन् । समितिको सचिवमा प्रशान्त कटुवाल, प्रवक्तामा साधुराम बर्तौला र सह–सचिवमा महेश्वर न्यौपाने रहनुभएको छ ।