टेबलटेनिसका खेलाडीहरु ।

हेटौंंडाः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्ने कार्यक्रमअन्तर्गत् मकवानपुरमा सोमबार टेबलटेनिसका खेलाडी छनौट गरिएको छ । सोमबार टेबलटेनिसमा पुरुषतर्फ पाँच जना खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका निमित्त कार्यालय प्रमुख माधव कोइरालालले जानकारी दिनुभयो ।

छनौट हुनेमा अनुप आर्चाय, परासर वाग्ले, दिक्षित खनाल, स्मित श्रेष्ठ र निराज पोखरेल रहेका छन् । छनौट भएका पाँच जना खेलाडीले प्रदेश छनौटमा सहभागिता जनाउनेछन् । प्रदेशमा छनौट भएमा नवौं राष्ट्रिय खेलकुद प्रतियोेगितामा सहभागिता जनाउनेछन् । टेबलटेनिसमा महिलातर्फ भने कसैले फाराम भरेका थिएनन् । खेलाडी छनौट गर्ने कार्यक्रमअन्तर्गत् बुधबार जुडोका खेलाडी छनौट गरिने जनाइएको छ । यसअघि कबड्डी र बुद्धिचालका खेलाडी छनौट गरिसकेको छ । बिहिबारसम्ममा खेलाडी छनौट कार्य सम्पन्न हुने जनाइएको छ ।