नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बुद्धिचाल खेल्दै । फाइल तस्वीर ।

हेटौंडाः नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने कार्यक्रम अन्तर्गत मकवानपुरमा आइतबार बुद्धिचाल खेलका खेलाडी छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीको अध्यक्षता तथा प्रदेश खेलकुद विकास समितिका सदस्य माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा खेलाडी छनोट गरिएको हो ।

बुद्धिचालमा पुरुषतर्फ तीन जना पुरुष खेलाडी छानिएका छन् । छनोट हुनेमा बलराम सञ्जेल, सुन्दर कार्की र विकास राज शर्मा रहेका छन् । बुद्धिचाल खेलमा छनोटका लागि पाँच जनाले प्रतिस्पर्धा गरेका थिए । छनोट भएका तीनै जनाले प्रदेश छनोट खेल्नेछन् । प्रदेशमा पनि छनोट भएमा आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनेछन् । खेलाडी छनोट गर्ने कार्यक्रम अन्तर्गत सोमबार टेबलटेनिसका खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समिति मकवानपुरका निमित्त प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो । आगामी बिहिबारसम्ममा खेलाडी छनोट गरिने उहाँले बताउनुभयो ।