हेटौंडाः त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौंडास्थित वन विज्ञान क्याम्पसमा विद्यार्थीले मंगलबार तालाबन्दी गरेका छन् । अनेरास्ववियू (क्रान्तिकारी) ले विभिन्न समयमा पेश गरेका मागहरु पूरा क्याम्पस प्रशासन चुकेको र गुणस्तरीय शिक्षाको नैसर्गिक अधिकारको हनन भएकाले क्याम्पसमा तालाबन्दी गरेको जनाएको छ ।
पठनपाठन नियमित र प्रभावकारी ढंगले सञ्चालन गर्न, आगामी सेमेस्टरबाट नियमित र प्रभावकारी ढंगले पठनपाठन गराउने प्रतिवद्धता व्यक्त गर्न विद्यार्थीले माग गरेका छन् ।