हेटौंडाः लक डाउनको समयमा मिति दुध बोक्ने भन्दै घरेलु रक्सी बोक्ने एक अटोलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । हेटौंडा–२, चौकीटोलस्थित प्रहरी चौकीमा खटिएको प्रहरी टोलीले ना १ ह ५३८१ नम्बरको अटोमा दुध ढुवानी सेवा भनी टाँस गरी मकवानपुरगढी गाउँपालिकाको सामरी तर्फबाट हेटौंडातर्फ आउँदै गरेको उक्त अटोलाई रोकी सुरक्षाजाँच गर्दा दुधको ३ वटा खाली क्यान रहेको र सोहि अटोमा ५ वटा जर्कीनमा अबैध घरेलु मदिरा अन्दाजी एक सय ४० लिटर फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीले अटो चालकको नाम र ठेगाना भने सार्वजनिक गरेको छैन ।