आश्रीतलाई खाना खुवाउँदै डिआईजी बज्राचार्य ।

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण बज्राचार्य हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाउन पुग्नुभएको छ । शुक्रबार आश्रम पुगेर डीआईजी बज्राचार्यले आश्रमको विषयमा जानकारी लिनुहुँदै आश्रितलाई खाना खुवाउनु भएको हो ।

मानवसेवा आश्रमको मुख्यालयको रुपमा रहेको हेटौंडा–९ स्थित आश्रममा दुई सय जना आश्रित छन् । मानवसेवा आश्रम सहयोगापेक्षी सडकमानव मुक्त समाज निर्माणको अभियानमा देशव्यापीरुपमा सेवा विस्तार गरिरहेको छ । सर्वसाधारणदेखि सरकारी तथा गैरसरकारी तवरबाट आश्रमलाई उल्लेख्य सहयोग रहँदै आएको छ ।