हेटौंडाः अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरमा भुवन मैनाली अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । बुधबारबाट हेटौंडामा सुरु भएको जिल्ला कमिटीको २७ औं जिल्ला अधिवेशनले मैनालीको अध्यक्षतामा ३९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा अमृत बर्तौला, सचिव पुष्कर तिमल्सिना, सहसचिवहरु स्वेच्छा दंगाल, प्रमोद फुँयाल, दिनेश हुमागाइँ र कोषाध्यक्ष सबिना ढकाल सर्वसम्मत चयन भएका छन् ।