हेटौंडाः चितवनमा पहिरो जाँदा हेटौंडाको ट्राफिक व्यवस्थापनमा तनाव सिर्जना भएको छ । चितवन जिल्ला अन्तर्गत मुग्लिन सडकखण्डमा गएराति पहिरो जाँदा पूर्ण रुपमा सडकखण्ड अवरुद्ध भएसँगै हेटौंडामा ट्राफिक व्यवस्थापनमा समस्या भएको हो ।
मंगलबार दिउँसो ३ बजेको समयमा हेटौंडामा ट्राफिक र सवारी चालकहरु बीच तनाव सिर्जना भएको थियो । बिहानदेखि लाइन बसेर ट्राफिक कार्यालयमा पटके लिन जाँदा पनि नपठाउने र कहिले सम्बन्धित मान्छे छैन भन्दै अलमल्याएको भन्दै सवारी चालक र यात्रुहरुले विरोध जनाएका थिए । प्रहरीेले केही चालकहरुलाई नियन्त्रणमा समेत लिएको थियो । मुग्लिन सडकखण्डमा अहिले पहिरो हटाउने प्रयास भइरहेकोले सडकखण्ड खोलेपछि सबै गाडीहरुलाई छोडिने ट्राफिक प्रहरीले बताएका छन् ।
अहिले पुर्वपश्चिम राजर्मागहुँदै काठमाडौंका लागि निस्किएको गाडीहरुलाई हेटौंडामा ट्राफिकले रोकेर राखेको छ । मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध हुँदा पुर्वपश्चिम राजमार्गहुँदै निस्केका ठुला गाडीहरुले भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जान पटके काट्नु परेको हो । हेटौंडाबाट चितवनतर्फ जाने गाडीले भने रुट पर्मिट लिनुपर्नेछ ।