हेटौंडाः मकवानपुरमा २४ घण्टाको अवधिमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा १६ जनाको पिसीआर विधीबाट र ११ जनाको एन्टीजेन विधीबाट परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा ७ जनाले कोरोनालाई जितेका छन् । अहिले मकवानपुर जिल्लामा सक्रिय संक्रमित २१ जना रहेका छन् । जसमध्ये १९ जना होम आईसोलेसनमा र २ जना संस्थागत आईसोलेसनमा रहेको कार्यालय जनाकारी दिएको छ ।











