Home मुख्य समाचार ३ जनामा कोरोना संक्रमण पुष्टि

३ जनामा कोरोना संक्रमण पुष्टि

सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा २४ घण्टाको अवधिमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा १६ जनाको पिसीआर विधीबाट र ११ जनाको एन्टीजेन विधीबाट परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा ७ जनाले कोरोनालाई जितेका छन् । अहिले मकवानपुर जिल्लामा सक्रिय संक्रमित २१ जना रहेका छन् । जसमध्ये १९ जना होम आईसोलेसनमा र २ जना संस्थागत आईसोलेसनमा रहेको कार्यालय जनाकारी दिएको छ ।

Exit mobile version