हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको वडा सदस्यको हृदयघातका कारण मृत्यु भएको छ । ईन्द्रसरोवर गाउँपालिका ३ नम्बर वडा सदस्य शेरहादुर वाईबाको हिजो बिहान सिस्नेरी दाप्राङस्थित निवासमै निधन भएको हो । अस्ति शुक्रबार वडा विपद् व्यवस्थापन समितिको बैठकबाट फर्केर आएपछि मुटु दुख्यो भनिरहनुभएका वाईबाको हिजो बिहान ८ बजे निधन भएको गाउँपालिका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष लामाका अनुसार गाउँपालिकाका स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था बुझ्दा वाईबाको हृदयघातकै कारण मृत्यु भएको जनाएका छन् । ५५ वर्षीय वाईबाको निधनप्रति गाउँपालिकाले शोक व्यक्त गरेको छ । आज बौद्ध धर्मअनुसार वाईबाको अन्तिम संस्कारको कार्य गरिएको छ ।