सभामुख सानुकुमार श्रेष्ठ ।

हेटौंडाः बागमती प्रदेशको शुक्रबार बसेको प्रदेश सभा बैठकमा ४ वटा समितिले तयार पारेको प्रतिवेदन पेश गरिएको छ । बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परिक्षकको चौथो वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभएको छ ।

यस्तै, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरोको व्यूरो सेवाको गठन, स्थापना र काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा प्रदेश मामिला समितिले तयार पारेको प्रतिवेदन समितिका सभापति माधव प्रसाद पौडेलले पेश गर्नुभएको छ ।