शिक्षकलाई ल्यापटप हस्तान्तरण गर्दै ।

हेटौंडाः हेटौंडा ६ चौघडा स्थित वंशगोपाल माध्यामिक विद्यालयका २० जना शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । शुक्रबार विद्यालयका २० जना शिक्षकलाई बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीले ल्यापटप वितरण गर्नुभएको हो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सूचना प्रविधि प्रयोगशाला स्थापना कार्यक्रम अन्तर्गत बागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट ल्यापटप प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रमेश लामिछानेले बताउनुभयो । एक शिक्षक एक ल्यापटप अभियानका साथ निर्देशनालय बागमती प्रदेशबाट प्राप्त १५ लाख रुपैयाँ बराबरको ल्यापटप वितरण गरिएको उहाँले बताउनुभयो । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक पूर्णबहादुर दर्जीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु बहादुर दुलालको सभाध्यक्षमा कार्यक्रम भएको हो । पछिल्लो समय निर्देशनालयले हेटौंडा उपमहानगरपालिकाको विद्यालयहरुमा ल्यापटप वितरण गरेको छ ।