बिहीबार हेटौंडा–२ स्थित सिद्धार्थ माविमा विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप लगाउँदै एक स्वास्थ्यकर्मी ।

हेटौंडाः मकवानपुर जिल्लामा कोभिड–१९ विरुद्ध बालबालिकालाई खोप लगाउन सुरु भएको छ । ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई बिहीबारबाट फाइजर खोप लगाउन सुरु गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार असार १५ गतेसम्म मकवानपुर जिल्लाका १० वटै स्थानीय तहमा बालबालिकालाई खोप लगाइँदैछ । बालबालिकालाई विद्यालयमै खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । विद्यालयसँगै पालिकाको वडा तहमा रहेको स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईले जानकारी दिनुभएको छ ।