रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टीसम्वद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुरले पूर्व राजा महेन्द्र शाहको १ सय २ औं जन्मजयन्तीको अवसरमा बिहीबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । राप्रपाका नेता, कार्यकर्ताले रक्तदान गरेका छन् । मकवानपुरमा रगतको अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना हुँदा केही राहत भएको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षता तथा राप्रपाका वरिष्ठ नेता दीपक बहादुर सिंहको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।