हेटौंडाः प्रहरीले हराएको एउटा मोटरसाइकल र एउटा स्कुटर फेला पारी मोटरसाइकल धनिलाई बुझाएको छ । आइतबार राती ११ बजेको समयमा पर्साको जगरनाथपुर–६ घर भई हाल हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने बस्ने ३० वर्षीय ददिवल चौधरीले पार्किङ गरी राखेको प्रदेश ०२.०३.००७ प ८४१८ नम्बरको पल्सर मोटरसाईकल हराएको भनि प्रहरीमा निवेदन दिएका थिए ।
अस्थायी प्रहरी पोष्ट हरियाली मकवानपुरबाट खटिएको प्रहरी टोलीले सोमबार हेटौंडा ७ स्थित सडकखण्डमा बेवारिसे अवस्थामा फेला पारी चौधरीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो। यस्तै, सोमबार हेटौंडा २ बस्ने ३५ वर्षीय डानियल न्यौपानेले आफ्नै घरमा पार्किङ गरी राखेको अवस्थामा बा.प्र. ०३.००२ प ७२८१ नम्बरको स्कुटर हराएर प्रहरीमा निवेदन दिएका थिए । उक्त स्कुटरको खोजतलास गर्ने क्रममा हेटौंडा ८ कमाने स्थित फेला पारी मंगलबार सम्बन्धित स्कुटर धनीलाई बुझाईएको प्रहरीले जनाएको छ ।











