हेटौंडाः हेटौंडा–८ कमानेमा शनिबारदेखि कमाने प्रिमियर लिग सुरु भएको छ । शनिबार बिहान भएको खेलमा कमाने थन्डर्स र कमाने बुल्सले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा कमाने टाइगरलाई कमाने थन्डर्सले पराजित गरेको छ । बिहान भएको दोस्रो खेलमा कमााने बुल्सले कमाने राइडर्सलाई पराजित गरेको छ । कमाने राइडर्स ७ रनले पराजित गरेको आयोजक समितिका रमेश लुईटेलले जनकारी दिनुभयो । कमानेस्थित चन्द्रोदय माविको खेल मैदानमा प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष रामकृष्ण थापाले गर्नुभयो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा क्रिकेट संघका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । लिगमा आठ टिम सहभागी छ । प्रतियोगिताको फाइनल खेल असार ११ गते शनिबार हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः नगद १५ हजार रुपैयाँ, १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।











