फाईल तस्विर ।

हेटौंडाः हेटौंडामा बुधबार २५ जनाले रक्तदान गरेका छन् । बागमती प्रदेशको प्रदेश युवा परिषद्को प्रथम स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका हुन् ।

बागमती प्रदेश युवा परिषद्को आयोजना तथा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । स्थापना दिवसको अवसरमा प्रदेश युवा परिषद्ले शुभकामना आदानप्रदान, अन्तरक्रिया, रक्तदान तथा हेटौंडा अस्पतालमा विरामीलाई फलफूल वितरण मनाइएको छ ।

बागमती युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको अध्यक्षता तथा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालको प्रमुख आतिथ्य रहेको वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला युवा समितिका अध्यक्ष सुमन पाख्रिनको पनि उपस्थिति रहेको थियो ।