सगरमाथा आरोही बिक्रम कार्कीलाई सम्मान गरिँदै ।

हेटौंडाः सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएका मकवानपुरकै पहिलो व्यक्ति बिक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ । मकवानपुरको बकैया गाउँपालिकाले शुक्रबार कार्कीलाई नगद १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो ।

बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्त खत्री, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले कार्कीलाई दोसल्ला र खादा ओढाएर सम्मान गरिएको थियो । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर पालिकाको शान बढाएको उल्लेख गर्दै कार्कीलाई शुक्रबार कार्यपालिकाको पहिलो बैठक बस्नुअघि सम्मान गरेको हो ।

सगरमाथा चुचुरोमा मकवानपुरको बकैयाका बिक्रम कार्की ।

कार्कीले जेठ ७ गते शनिबार बिहान ११ बजेर २२ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो । बकैया–४, गरगरेका कार्की एसएलसी उत्तीर्ण गरेपछि काठमाडौंमा उच्च शिक्षा अध्ययनसँगै पर्वतारोहण व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो । यसअघि बिहीबार मकवानपुर जिल्ला फुटबल संघले पनि कार्कीलाई हेटौंडामा सम्मान गरेको थियो ।