हेटौंडाः बागमती प्रदेश सभा सदस्य तथा प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले बागमती सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अपेक्षा अनुसार नआएको दाबी गर्नुभएको छ ।
गठबन्धनको सरकारले ल्याएको नीति तथा कार्यक्रममा उत्कृष्ट हुने आसा लागेको भन्दै उहाँले नीति तथा कार्यक्रम हलुका भएको बताउनुभयो । उहाँले समाजवाद वडाबाट सुरु गरिन्छ भनेर के भन्न खोजेको भन्दै सभामा प्रश्न गर्नुभयो । समाजवादको कुनै पनि विषय उल्लेख नगरिएको उहाँले औंल्याउनुभयो ।











