हेटौंडाः बागमती प्रदेशको प्रदेश सभा बैठक अहिले सुरु भएको छ । दिउँसो २ बजे बस्ने भनेर बोलाईएको बैठक २५ मिनेट ढिलो गरी अहिले बस्दैछ । आजको बैठकमा बागमती प्रदेशको नीति तथा कार्यक्रम माथि छलफल हुँदैछ । प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमुख यादब चन्द्र शर्माले प्रदेश सभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् ।











